
काठमाडौं, १० कात्तिक । नेकपा (एमाले)को चियापान कार्यक्रम निर्धारित समयभन्दा एक दिन ढिलो गरी कात्तिक १५ गतेका लागि सरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार दसैं, तिहार, छठ लगायतको पर्वको अवसरमा आयोजना हुने चियापान कार्यक्रम एक दिन पछि सरेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट आयोजना हुने चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम यसअघि कात्तिक १४ गतेका लागि तय गरिएको थियो ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै चियापान कार्यक्रम एक दिन पछि सारिएको कार्यालय सचिव डा. अधिकारीले जानकारी गराए ।
चियापान कार्यक्रम एमाले मुख्यालय च्यासल ललितपुरमा बुधबार दिउँसो १२ः१५ देखि सुरु हुनेछ ।











प्रतिक्रिया