
काठमाडौं, ३० असोज । अहिले नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँ र पत्रकार ऋषि धमलाको चौतर्फी आलोचना भइरहेको छ । विभिन्न कारणले विवादमा आइरहने पत्रकार धमलाले जड्याह सांसदको अन्तर्वार्ता लिएपछि आलोचना भएको हो ।
धमलाले हालै आफ्नो टक शो जनता जान्न चाहन्छन् मा कांग्रेस सांसद राजेन्द्र बजगाईंको अन्तरवार्ता लिएका थिए । अन्तर्वार्ता दिन आएका बजगाईँ मदिराको नशामा थिए । फेरि पनि बजगाईँ नशामा छन् भन्ने थाहा पाउँदा पाउँदै पनि धमलाले अन्तर्वार्ता लिएका थिए ।
अन्तर्वार्ताका क्रममा बजगाईंले मदिरा पिएको दर्शकलेसमेत चाल पाए । उनको हाउभाउ र लर्बरिएको आवाजले सद्दे अवस्थामा लिइएको अन्तरवार्ता होइन भन्ने स्पष्टै देखिन्थ्यो ।
धमलाले भने सुरूमा बजगाईँले मदिरा सेवन गरेको आफूले भेउ नपाएको र पछि बल्ल चाल पाएको बताएका छन् । लाइभ अन्तरवार्ता लिएको १५–२० मिनेटपछि मात्रै आफूलाई महसुस भएको धमलाको भनाइ छ ।
धमलाको चौतर्फी आलोचना भएपछि अहिले धमलाले उक्त अन्तरवार्तां युट्यूवबाट हटाएका छन् ।















प्रतिक्रिया