२८ कार्तिक २०८३, शनिबार

बागमती प्रदेशका ३ जिल्लामा आज सार्वजनिक विदा

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । बागमती प्रदेश सरकारले आज शुक्रबार प्रदेशका तीन जिल्लामा सार्वजनिक विदा दिएको छ ।

गत १८ भदौमा बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा मकवानपुर, चितवन र धादिङमा विदा दिने निर्णय गरेको थियो ।

प्रदेश सरकारले चेपाङ बाहुल्य जिल्लामा आज सार्वजनिक विदा दिएको हो । चेपाङ समुदायले प्रत्येक वर्षको भदौ २२ गते मनाउने न्वागी पर्व मनाउँछन् ।

नेपालमा ८४ हजार तीन सय ६४ जना चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजारको हाराहारीमा चेपाङ समुदायका मानिस बसोबास गर्छन् ।

मकवानपुरको पश्चिम, चितवनको उत्तर र धादिङको दक्षिणी भेगमा चेपाङको घना बसोबास छ ।