२८ कार्तिक २०८३, शनिबार

कर्णालीमा नयाँ नेतृत्व सहमतिमा चयन हुन्छः लेखराज भट्ट

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । नेकपा (एमाले)का सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले कर्णालीमा नयाँ नेतृत्व चयन सहमतिमा हुने बताएका छन् ।

आज बिहान एमाले कर्णाली प्रदेश प्रचार तथा प्रकाशन विभागले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सहमति नभए लोकतान्त्रिक अभ्यासबाट नयाँ नेतृत्व चयन हुने बताए ।

उनले भने,‘कर्णालीमा नेतृत्व चयनका लागि सहमतिको प्रयास हुन्छ । सहमति नहुँदा लोकतान्त्रिक अभ्यास नेकपा (एमाले) स्थापित मान्यता छ । त्यस आधारमा नेतृत्व चयन हुन्छ ।’

भट्टले लुम्बिनी प्रदेशमा भएको अधिवेशनलाई गुटगत रूपमा चर्चा गर्न नमिल्ने बताए । उनले निर्वाचन हुँदैमा गुट वा‌ उपगुट भन्न नमिल्ने बताए ।

एमाले कर्णालीको प्रथम प्रदेश अधिवेशन असोज १० र ११ गतेका लागि तय भएको छ ।

यो वर्षलाई अधिवेशन वर्षको रुपमा घोषणा गरेको एमालेले प्रदेश अधिवेशन अन्तर्गत लुम्बिनीको अधिवेशन हालै सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरिसकेको छ ।

एमालेले आउँदो असोज ५ र ६ गते मधेश, ८ र ९ गते बागमती, १२ र १३ गते कोशी प्रदेश, १५ र १६ गते गण्डकी प्रदेश, १९ र २० उपत्यका विशेष र २१ र २२ गते सुदूरपश्चिम प्रदेशमा गरी असोजसम्म प्रदेशका सबै अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ ।