
मकवानपुर, १६ भदौ । मकवानपुरको हेटौंडामा मानव कंकाल फेला परेको छ ।
शुक्रबार हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १४ को मयुरधाप ड्राइभरडाँडा स्थित चुरियामाई जंगलमा मानव कंकाल फेला परेको हो ।
स्थानीयले मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थललाई सुरक्षित गरिएको र आवश्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।












प्रतिक्रिया