२८ कार्तिक २०८३, शनिबार

एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १६ भदौ । नेकपा (एमाले)को लुम्बिनी प्रदेशको प्रथम अधिवेशन आज शनिबारदेखि बुटवलमा सुरू हुँदैछ ।

बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो साढे १२ बजे गर्ने कार्यक्रम रहेको बताइएको छ ।

आज र भोलि दुईदिनसम्म चल्ने अधिवेशनको सबै तयारी पूरा भएको एमाले सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले बताइन् । उनले सहमतीय नेतृत्व चयनका लागि बाटो खुला गरेको र सहमतिमा पुग्न नसके निर्वाचनबाट टुंगो लगाउने बताइन् ।

अधिवेशनमा पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा लगायतका नेताहरूको उपस्थिति रहने बताइएको छ ।

अधिवेशनमा प्रदेशका १२ वटा जिल्ला र जनसंगठनबाट समेत गरी १ हजार ४ जना प्रतिनिधि सहभागी हुने लुम्बिनीका प्रचार विभाग प्रमुख डीआर घिमिरेले जानकारी दिए ।

एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि वर्तमान प्रदेश अध्यक्ष पाल्पाका राधाकृष्ण कँडेल र पार्टी केन्द्रीय सदस्य प्यूठानका हरिप्रसाद रिजाल आकांक्षी देखिएका छन् ।

यो वर्षलाई अधिवेशन वर्षको रुपमा घोषणा गरेको एमालेले प्रदेश अन्तर्गत पहिलो पटक लुम्बिनीको अधिवेशन गर्न लागेको हो । अधिवेशन वर्षको रुपमा घोषणा गरेको एमालेले प्रदेश अन्तर्गत पहिलो पटक लुम्बिनीको अधिवेशन गर्न लागेको हो ।

लुम्बिनी प्रदेशको अधिवेशन लगत्तै अन्य प्रदेशहरुमा अधिवेशन गर्ने एमालेको तयारी छ । एमालेले असोज ५ र ६ गते मधेश प्रदेश, ८ र ९ गते बागमती प्रदेश, १० र ११ कर्णाली प्रदेश, १२ र १३ गते कोशी प्रदेश, १५ र १६ गते गण्डकी प्रदेश, १९ र २० उपत्यका विशेष र २१ र २२ गते सुदूरपश्चिम प्रदेशमा गरी असोजसम्म प्रदेशका सबै अधिवेशन सम्पन्न गर्नेछ ।