६ कार्तिक २०८३, शुक्रबार

भीम उपाध्यायविरूद्व प्रहरीमा उजुरी दर्ता

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । पूर्व सचिव भीम उपाध्यायविरूद्व प्रहरीमा उजुरी परेको छ । सामाजिक सञ्जालमा अध्यधिक सक्रिय उपाध्यायविरूद्व गाली बेइज्जतीको आरोपमा प्रहरीमा उजुरी परेको हो ।

उपाध्यायविरूद्व चितवन भरतपुर १६ की पूर्णमाया गुरुङले उजुरी दिएकी हुन् । पूर्णमायाका अनुसार दुई वर्षअघि तनहुँस्थित माइतीमा पुगेका बेला राँगाको मासु खाएको भिडिओ टिकटकमा हालिएको थियो। तर रमाइलोका लागि हालेको उक्त भिडिओबाट फोटो काटेर अहिले धरानको गोरु खानेहरुसँग जोडेर आफ्नो बदनाम गरेको भन्दै उपाध्यायविरूद्व उजुरी दिएकी हुन् ।

उपाध्यायले केही दिनअघि उनको फोटोसहित धरानमा गोरू काटेर खाएको विषयमा सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । पूर्णमायाँले आफू धरानको नभएको र आफूले गोरुको मासु नखाएको भन्दा भन्दै पनि उपाध्यायले आफ्नो बदनाम गराएको बताएकी छिन् । उनले आफूले पनि गाई गोरूलाई पूजा गर्ने गरेको बताइन् । पोष्ट गरेको केही दिनपछि उपाध्यायले उक्त पोष्ट हटाएर पूर्णमायासँग माफी भने मागेका थिए ।

उपाध्यायले गुरूङलाई फोन गरेर आफूबाट गल्ती भएको र पूर्णमायाबारे सत्य जानकारी पाउने बित्तिकै पोष्ट हटाएको बताएका छन् ।

‘मेरो पोस्टले पारेको मानसिक पीडामा मैले गहिरो दु:ख प्रकट गर्दै क्षमा मागिसकेको छु’, उनले भनेका छन्, ‘यो तथ्य जानकारी आउनासाथ मैले त्यो फोटो पोस्ट डिलिट गरिसकेको छु। मेरो मेसेन्जरले ४/५ दिनदेखि काम नगर्दा उनले पठाएको म्यासेज पढ्न नपाउँदा हामीबीच बेलैमा सम्पर्क हुन नसकेको रहेछ। नभए यो समस्या उतिबेलै सल्टिसकेको हुने थियो। प्रविधिको समस्याले गर्दै यस्तो हुन पुगेको हो,’ ।

तर पूर्णमायाले भने आफू कानूनी प्रकृयामा गइसकेकोले उपाध्यायले गरेको गाली बेइज्जतीको उपचार कानूनबाटै खोजिने बताएकी छन् । उनले आफूले बिना अपराध सामाजिक सञ्जालबाट खेपेको गाली बेइज्जती बिरुद्ध प्रहरीमा गइसकेपछि कसैले जबरजस्ती उजुरी फिर्ता गर भनेर नहुने उनले बताइन् ।

चितवन प्रहरीकाअनुसार उपाध्यायविरूद्व साइबर अपराधमा उजुरी दर्ता भइसकेको र अनुसन्धान प्रकृया अगाडि बढिसकेको छ ।