
कपिलवस्तु, ८ भदौ । कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वनमा मानव कङ्काल फेला परेकोे छ ।
वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल पनि समेत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
वाणगङ्गा नगरपालिका–६ को वन छेउका स्थानीयवासीले च्याउ खोज्न जाँदा मानव कङ्काल फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए । कंकालबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।















प्रतिक्रिया