६ कार्तिक २०८३, शुक्रबार

पाटनमा पञ्चदान पर्व मनाइयो (भिडिओसहित)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । ललितपुरको पाटनमा पञ्चदान पर्व मनाइएको छ ।

बौद्ध धर्मावलम्बीले बज्राचार्य, चैलक तथा शाक्यहरूलाई धान, गहुँ, सानो केराउ, नुन, रोटी, पैसा, चमल आदि दान गरी ललितपुरमा बिहीबार पञ्चदान पर्व मनाएका हुन् ।

प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन पाटन क्षेत्रमा बसोबास गर्दै आएका बौद्ध नेवार समुदायले यो पर्व मनाउने गर्छन् ।

विभिन्न पाँच टोलमा रहेका दिपंकर बुद्धलाई पूजा र दान दिएर पञ्चदान पर्व मनाइएको हो ।

नेपाल संम्वत ५१२ देखि मनाउन थालिएको किम्वदन्ती रहेको पञ्चदान पर्वमा बौद्ध धर्माबलम्बीहरूले दिपंकरहरूलाई बिहारबाट निकाली नगरका विभिन्न टोलमा दान दिने र ग्रहण गर्ने परम्परा छ ।