
काठमाडौं, ७ भदौ । वडा सदस्यको निधनको शोकमा रुपन्देहीको रोहिणी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।
वडा नम्बर ४ की वडा सदस्य विद्यादेवी धवलको निधनमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।
मुटुसम्बन्धी रोगबाट पीडित ५३ वर्षीया धवलको बुधबार राति निधन भएको हो । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन्।















प्रतिक्रिया