
काठमाडौं, ७ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तानसमेत रहेको क्रिकेटर सन्दीप लामिछाने एसिया कप खेल्न आइतबार पाकिस्तान जाने भएका छन् ।
सन्दीप बाहेकको बाँकी टीम भने मंगलबार नै पाकिस्तान गइसकेको छ । सन्दीपविरूद्वको बलात्कार मुज्ञाको पेसी आइतबारका लागि भएकाले उनी टीमसँगै जान नपाएका हुन् । तर, आइतबार मुद्दाको सुनुवाई हुने सम्भावना कम देखिएकाले उनलाई पाकिस्तान पठाउने तयारी भएको हो ।
मुद्दा सुनुवाई भएपनि फैसला आउने सम्भावना पनि न्यून रहेकाले उनलाई पाकिस्तान पठाउन लागिएको हो । सुनुवाइ भए पनि त्यसै दिन बहस सकिँदैन।
यसअघि पनि न्यायाधीशले एकै दिनमा सुनुवाइ नसकिने भएकाले हेर्दाहेर्दैमा नराखी हेर्न नभ्याइने जनाएका थिए। एसियाकपको उद्घाटन खेल भदौ १३ गते पाकिस्तान र नेपालबीच मुल्तान क्रिकेट स्टेडियममा हुनेछ।
त्यसपछि भारतविरुद्ध खेल्न नेपाल श्रीलंका प्रस्थान गर्नेछ। भारत र नेपालबीचको खेल भदौ १८ गते हुनेछ। समूहका तीन टोलीमध्ये दुई टोली अन्तिम चारमा प्रवेश गर्नेछन्।















प्रतिक्रिया