
काठमाडौं, ७ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै परेको रिटको आज सुनुवाई हुँदैछ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पेशी तोकिएको छ । नेकपा एमालेले दायर गरेको रिटमा थापा नेतृत्वको सरकार खारेजीका लागि अन्तरिम आदेशको माग गरेको छ ।
कोसी सरकारका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेकपा एमाले संसदीय दलका नेता हिकमतकुमार कार्कीले रिट दायर गरेका हुन्।
विश्वासको मतका दिन प्रदेशसभाको सभाध्यक्ष रहेका इस्राइल मन्सुरीले पनि मतदान गरेपछि एमाले सर्वोच्च अदालत पुगेको हो ।















प्रतिक्रिया