१ कार्तिक २०८३, शनिबार

भलिबलमा योगदान दिने सम्मानित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी, ७ भदौ । गण्डकी प्रदेश भलिबल संघले भलिबल खेलमा  योगदान दिएका चारजनालाई सम्मान गरेको छ ।

भलिबल संघका केन्द्रीय सल्लाहकार एवं भलिबलका पूर्व खेलाडी हरिप्रसाद पराजुली, टाइगर ग्रुप पोखराका अध्यक्ष नारायणप्रसाद शर्मा,  भलिबल गीतका रचनाकार आरजु विष्ट सल्यानी तथा गीतका गायक सङ्गीतकार विनोद बानियालाई बुधबार पोखरामा सम्मान गरिएको हो । आफ्नो जीवनकालमा भलिबलसँग जोडिएर योगदान दिएको भन्दै चारैजनालाई संघका उपाध्यक्ष यामबहादुर गुरुङ, गण्डकीका अध्यक्ष नवीनकुमार गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङलगायतले सम्मानपत्रसहित सम्मान गरेका हुन् ।

सम्मानित व्यक्तित्व पूर्व खेलाडी पराजुलीले आफ्नो जीवन खेलकुदमै समर्पण भएको उल्लेख गर्दै खेलमा सफलता पाउन दृढ इच्छाशक्ति चाहिने बताए । टाइगर ग्रुप पोखराका अध्यक्ष शर्माले भलिबलको उर्वरभूमि गण्डकीले आफ्नो खेलप्रतिको छविलाई जोगाउन यसको विकास र निरन्तरतामा जोड दिनुपर्ने बताए ।

‘लौ आयो भलिबल’ गीतका गायक तथा सङ्गीतकार बानियाले खेलकुदका गीतको अभाव देखिएको परिवेशमा अहिलेसम्म एक दर्जन गीत पस्किएको बताए । गण्डकी खेलकुद परिषद्का उपाध्यक्ष गुरुङले गण्डकीमा भलिवल संघ तथा विभिन्न समूह, संस्थाको योगदान महत्वपूर्ण रहेको बताए ।