६ कार्तिक २०८३, शुक्रबार

त्रिशूलीमा बस दुर्घटना: मृतकमध्ये ६ जनाको सनाखत (नामावलीसहित)

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । बुधबार बिहान त्रिशूली नदीमा बस खसेर दुर्घटनामा मृत्यु भएका आठ जनामध्ये ६ जनाको सनाखत भएको छ।

सनाखत भएकाहरूमा म्याग्दीको रघुगंगा गाउँपालिका-३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका-१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका-८ का अन्दाजी २४ वर्षका सविन रम्तेल र कास्की फूलबारीका अन्दाजी २४ वर्षका सुमन थापा, पर्वत जिल्ला जलजला गाउँपालिका-६ की ४२ वर्षीया राधिका सापकोटा र पर्वतको मोदी गाउँपालिका-५ का ४५ वर्षीय झपटबहादुर क्षेत्री रहेका छन् ।

दुई जनाको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा १५ जना घाइते भएका छन्। जसमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको छ ।