६ कार्तिक २०८३, शुक्रबार

बालेनले दायर गरेको रिट उच्च अदालतले खारेज गरिदियो

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विपक्षी बनाएर दायर गरेको रिट खारेज भएको छ ।

महानगरपालिकाले जेठ ३२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फेन्सिङ तारबार हटाएको थियो । जसलाई लिएर प्राधिकरणले महानगरलाई स्पष्टीकरण सोधेको थियो ।

तर बालेनले स्पष्टीकरण नदिई आफ्नो क्षेत्राधिकारभित्रको काम गरेको भन्दै स्पष्टीकरणविरूद्व उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उच्च अदालतले रिट खारेज गरेसँगै अब बालेनले स्पष्टीकरण दिनै पर्ने भएको छ ।

प्राधिकरणलाई स्पष्टीकरण चित्त नबुझे जरिवानासमेत तोक्न सक्नेछ । उनलाई नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) बमोजिम ५० हजार रुपैयाँसम्मको जरिवाना हुनेछ ।