६ कार्तिक २०८३, शुक्रबार

एमाले र सीआईबीबीच अविश्वास सिर्जना गर्न खोजियो: योगेश भट्टराई

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले सीआईबी र एमालेबीच अविश्वास सिर्जना गर्न खोजिएको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बिशेष समयमा बोल्दै भट्टराईले एमाले राज्यको प्रत्येक निकायमा विश्वास गर्ने पार्टी भएको भन्दै उच्चपदस्थ संलग्नलाई कानूनी दायरामा ल्याउनका लागि उच्चस्तरीय छानविन समितिको माग गरेको बताए ।

उनले राजनीतिक दबावका कारण स्वतन्त्रपूर्वक काम गर्न नदिएको यसअघि देखिएकाले सीआईबीका साथै स्वतन्त्र छानबिनको पक्षमा रहेको बताए ।

भट्टराईले बाहिर हल्ला गरेजस्तो एमाले संसद् विरोधी नभएको दाबी गर्दै सत्ता पक्षलाई सदन नचाहिए पनि एमालेलाई सधै संसद् चाहिने बताए ।

उनले संसद्को गतिविधि अगाडि बढाएर थाँती रहेका विधेयक पारित गराउनेतर्फ सबै राजनीतिक दल जिम्मेबार बन्नुपर्नेमा जोड दिए ।