६ कार्तिक २०८३, शुक्रबार

सुन तस्कर दावाको पूर्व प्रहरी प्रमुखसँग कनेक्सन रहेको रवि लामिछाने दावी (भिडिओसहित)

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा लामासँग कनेक्सन देखिएकाहरूको टेलिफोनमा भएको रेकर्ड फरेन्सिक ल्याबबाट जाँच गराउनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै लामिछानेले दावा लामाको कनेक्सन पूर्वप्रहरीका उच्च अधिकारीसँग रहेको दावी गर्दै टेलिफोनमा भएको रेकर्ड फरेन्सिक ल्याबबाट जाँच गराएर संसदीय समितिले अथवा संसदले जस्ताको तस्तै हेर्न पाउनुपर्ने बताएका हुन् ।

एक सरकारी अधिकारीले सुन आएको कुराको जानकारी लामा भनिएका व्यक्तिलाई फोटोसमेत पठाएको जानकारी प्रहरी नेतृत्वले आफूलाई गराएको भन्दै लामिछानेले यसको जानकारी सम्बन्धित निकायलाई गराउने धारणा राखे ।

लामिछानले अहिले छानविन आयोग गठनमा सहमति जुटेपनि बिगतमा जस्तो देखाउनका लागि छानविन हुन नहुनेमा सचेत गराए । उनले अहिलेको अनुसन्धान नवयुवराजहरूतिर आयो भने फेरि सरकारले भनेको सुशासन बालुवाटार जग्गा, शरणार्थी प्रकरण जस्तो अड्कीने होकी भन्ने आशंका व्यक्त गरे ।

त्यस्तै उनले अहिले पनि सरकारले सुशासनको कुरा गरिरहेको अवस्थामा शंकाको सुविधा दिएर सरकारले भनेको छानबिन सही ढंगले अगाडि बढ्ने विश्वास रहेको बताउनुभयो ।