६ कार्तिक २०८३, शुक्रबार

सुन तस्करी प्रकरण: असोज ५ गते जाँचबुझ आयोग गठन गर्ने सहमति

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामत गरिएको सुन प्रकरणको छानबिनका लागि आगामी असोज ५ गते जाँचबुझ आयोग गठन हुने भएको छ ।

आज सिंहदरबारमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठकले तत्कालका लागि यो प्रकरणको अनुसन्धान सीआईबीलाई नै दिने र असोज ५ गते जाँचबुझ आयोग गठन गर्ने सहमति भएको हो ।

दलहरुबीच पटक पटकको सुन तस्करीका सम्वन्धमा भएका छानविन अनुसन्धानबारे समेत अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन २०२६ बमोजिम असोज ५ गते सरकारले आयोग गठन गरि त्यसै दिनदेखि कार्य प्रारम्भ गर्ने सहमति भएको हो ।

आयोगले विदेशबाट विद्युतिय सिगरेटमा सुन राखी तस्करी गरिएको, साउन २ ब्रेकसुमा राखि तस्करी गरिएको सुन लगाएतको बिषयलाई गम्भीरतापूर्वक दिई स्वतन्त्र र निष्पक्ष छानविन गर्ने दलहरुबीच सहमति भएको छ । त्यस्तै साउन २ गतेको सुन तस्करी प्रकरणमा प्रहरीको सीआइबीले निष्पक्ष अनुसन्धान, छानविन गरी सुन तस्करीमा संलग्न व्यक्तिहरुलाई अभियोजन गर्ने सहमति भएको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।

आयोगको कार्याविधि सरकारले नै बनाउने उनले बताए । त्यस्तै एमाले प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणमा छानविन आयोग गठन गर्ने सहमति भएको भन्दै सुन तस्करी नियन्त्रणका लागि आवश्यक सुझाव दिने बताए ।

आयोगको सुझाव प्रतिवेदनलाई सरकारले कार्यान्वयन गरे भविष्यमा देशमा सुन तस्करी मुक्त हुने उनको भनाइ छ । गिरीले तथ्य र प्रमाणले भेटे जोसुकैलाई पनि कारवाहीको दायरामा ल्याउन सक्ने धारणा राखे ।

सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दलले निरन्तर संसद अवरोध गर्दै आएको थियो ।