६ कार्तिक २०८३, शुक्रबार

राष्ट्रिय दलहरूबीच दुई बुँदे सहमति, संसदको अवरोध हट्ने

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । राष्ट्रिय दलको मान्यता पाएका दलहरूबीच दुई बुँदे सहमति भएको छ ।

बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा दलहरूबीच दुई बुँदे सहमतिमा हस्ताक्षर भएको हो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए । दलहरूबीचको सहमतिसँगै लामो समयदेखिको संसदको अवरोध हट्ने भएको छ ।

सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दलले निरन्तर संसद अवरोध गर्दै आएको थियो ।