६ कार्तिक २०८३, शुक्रबार

राष्ट्रिय दलहरूको बैठक सिंहदरबारमा जारी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । राष्ट्रिय दलहरूबीचको बैठक सिंहदरबारमा जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको हो ।

संसदको गतिरोध अन्त्यकाबारेमा बैठकमा छलफल भइरहेको हो । साउन ३ गते बरामद भएको ६० किलो सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनेबारे छलफल भइरहेको हो ।

यसअघिको बैठकले उच्चस्तरीय समितिको मस्यौदा तयार पार्न एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस नेता रमेश लेखक र माओवादी सचेतक हितराज पाण्डे सम्मिलित कार्य समिति गठन गरेको थियो ।

समितिले मस्यौदा तयार गरिसकेको छ । आजको बैठकमा मस्यौदामाथि मुख्य रूपमा छलफल भइरहेको बताइएको छ ।

यसअघि मंगलबारका लागि तय बैठक एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि आजका लागि सारिएको थियो ।

आजको बैठकमा अध्यक्ष ओली उपस्थित छन् ।