६ कार्तिक २०८३, शुक्रबार

त्रिशुलीमा बस दुर्घटना: ८ जनाको मृत्यु (अपडेट)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । धादिङको गजुरी-२ स्थित त्रिशूली नदीमा यात्रुवाहक बस दुर्घटनामा आठजनाको मृत्यु भएको छ ।

बुधबार बिहान साढे ११ बजे बस दुर्घटना भएको थियो । काठमाडौंबाट पोखरा हुँदै बेनी जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस त्रिशूलीमा खसेको हो ।

मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्।

पाँच जना घाइतेलाई काठमाडौं पठाइएको छ भने अन्यको स्थानीय अस्पताल तथा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।