
विराटनगर, ६ भदौ । नेकपा एमालेले कोशी प्रदेश सरकारविरूद्व आज मुद्दा दायर गर्ने भएको छ ।
मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत प्रदेशसभाबाट विश्वासको मत लिएको भन्दै नेकपा एमालेले आज सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको हो ।
मुख्यमन्त्री थापाको विश्वासको मतमा प्रदेशसभा बैठक अध्यक्ष मण्डलमा रहेका कांग्रेस सांसद इस्राइल मन्सुरीलेसमेत मतदान गरेपछि थापाको विश्वासको मत विवादमा तानिएको हो ।















प्रतिक्रिया