१ कार्तिक २०८३, शनिबार

पहिलो पटक एसिया कप क्रिकेट खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो पटक एसिया कप क्रिकेट खेल्न पाकिस्तान प्रस्थान गरेको छ ।

यही भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली गएराति पाकिस्तान प्रस्थान गरेको हो ।

पहिलो पटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । त्यस्तै समूह ‘बी’मा श्रीलंका बंगलादेश र अफगानिस्तान रहेका छन् । नेपालले आफ्नो समूहको पहिलो खेल पाकिस्तानमा खेल्नेछ भने दोस्रो खेल श्रीलंकामा खेल्नेछ ।

नेपाल र पाकिस्तानबीचको पहिलो खेल भदौ १४ गते हुनेछ भने दोस्रो खेल भारतसँग हुनेछ । नेपाल र भारतबीचको खेल भने भदौं १८ गते श्रीलंकामा हुनेछ ।

एसिया कप अगाडि नेपाली टोलीले पाकिस्तानको कराचीमा अभ्यास खेल खेल्नेछ । नेपाली टोलीले आगामी भदौ ९ सम्म त्यहाँ प्रशिक्षण र स्थानीय टोलीसँग अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख, गुलसन झा, करण केसी, किशोर महतो, श्याम ढकाल (मौसम), प्रतिश जिसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, सोमपाल कामी, अर्जुन साउद, भीम सार्की र सन्दीप जोरा छन् । यद्यपि एसिया कपमा सन्दीपको सहभागिता बारे भने अहिलेसम्म टुंगो लागेको छैन् । सन्दीपको मुद्दामाथिको फैसला नआउँदा उनको सहभागिता बारे टुंगो नलागेको हो ।