
काठमाडौं, ४ भदौ । केही दिनअघि चितवनको भरतपुरस्थित टिकौली जंगलमा भएको भयानक दुर्घटनामा ठक्कर दिने स्कुल बसका चालकले लागु पदार्थ सेवन गरेको पुष्टि भएको छ ।
भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको गैंडाकोटस्थित अक्सफोर्ड कलेजको बसले विपरीत दिशातर्फ आउँदै गरेको शव बोकेको जिप, चारवटा मोटरसाइकल र दुइटा स्कुटरसहित सातवटा सवारी साधनलाई ठक्कर दिएको थियो।
ठक्कर दिने बसका चालक गैंडाकोट–९ बस्ने २६ वर्षीय आशिष परियारको गाँजा सेवन गरेको पुष्टि भएको हो । दुर्घटनामा २० जना घाइते भएका थिए।
प्रहरीले चालक परियारविरूद्व सवारी अंगभंगको मुद्दा चलाएको छ।















प्रतिक्रिया