६ कार्तिक २०८३, शुक्रबार

प्रदीप गिरीको प्रेरणाबाट सिंगो पार्टी लाभान्वित हुनुपर्छ: शेरबहादुर देउवा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय प्रदीप गिरीको प्रेरणाबाट सिंगो पार्टी लाभान्वित हुनुपर्नेमा जोड दिएका छन् ।

सोमबार पार्टी कार्यालय सानेपामा समाजवादी चिन्तक, लेखक एवं कांग्रेसका निष्ठावान त्यागी नेता गिरीको पहिलो वार्षिकीमा आयोजित स्मरणसभामा देउवाले स्वर्गीय प्रदीप गिरीका कृतिहरूलाई पार्टीले प्रकाशित गरेर उनको प्रेरणाबाट सिंगो पार्टी लाभान्वित हुनुपर्नेमा जोड दिएका हुन् ।

स्वर्गीय गिरीका लेख र कुरा हेर्दा गणतन्त्रका लागि धेरै अघिदेखि नै मत जाहेर गर्ने व्यक्तिका रूपमा आफूले बुझेको उनले बताए । देउवाले स्वर्गीय प्रदीप गिरी कहिल्यै नथाक्ने समाजवादी चिन्तक भएको पनि बताए ।

त्यस्तै कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेसका पछिल्लो पुस्ताहरूलाई स्वर्गीय गिरीले हात समाएर साथ दिएको स्मरण गरे । गिरीका संग्रहलाई प्रकाशन गरेर कांग्रेसमा आएका नयाँ पिँढीलाई ज्ञान प्रदान गर्नुपर्ने उनको भनाइ छ ।

क्यान्सरबाट पीडित नेता गिरीको उपचारका क्रममा एकबर्ष अघि भाद्र ४ गते निधन भएको थियो । गिरीले एक दर्जनभन्दा बढी पुस्तक लेखेका थिए ।