
काठमाडौं, ४ भदौ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयमा बिचौलिया, विकृति र विसंगतिमा शून्य सहनशीलता अपनाउने बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको संसदीय सुनवाई समिति बैठकमा आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्दै श्रेष्ठले न्यायालयमा विकृति र विसंगतिको बिषयमा आफू गम्भीर रहेको भन्दै अदालतमा अनावश्यक व्यक्तिको प्रवेशमा रोक लगाउँदै विकृति र विसंगतिलाई अन्त्य गर्ने बताएका हुन् ।
न्यायपालिकाको स्वतन्त्रतासम्बन्धी मूल्य मान्यतालाई अक्षुण्ण राख्दै छिटोछरितो, स्वच्छ, निष्पक्ष, सुलभ गुणस्तरीय एवं प्रभावकारी न्यायसम्पादनको माध्यमबाट सवैलाई न्याय सुुनिश्चित गर्ने तथा सुशासन र गुणस्तरीय सेवा प्रवाहमा दृढ संकल्पीत रहेको उनले बताए ।
श्रेष्ठले मुद्धा फर्छ्यौटलाई छिटोछरितो तथा प्रभावकारिता बनाउने र पुराना बक्यौता मुद्धाहरूको न्यूनीकरणमा विशेष जोड दिइएको जिकिर गरे । फरक मुद्धा व्यवस्थापन पद्धती योजनालाई मुलुकको अवस्था र आवश्यकताको सापेक्षतामा निर्माण गरिएको र जिल्ला अदालत तथा उच्च अदालतमा लागू समेत भइरहेको उनले बताए ।
श्रेष्ठले कार्ययोजनामा न्यायमा सहज पहँच अभिवृद्धिका लागि उपयुक्त रणनीति तथा कार्यक्रमसहित बार्षिक कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने लगायत छन् ।















प्रतिक्रिया