
काठमाडौं, ४ भदौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई बयान दिएर आफ्नो कर्तव्य पूरा गरेको बताएका छन् ।
ललिता निवास जग्गा प्रकरणमा नाम मुछिएका भट्टराईले सीआईबीलाई बयान दिएपछि समाजिक सञ्जालमार्फत कर्तव्य पूरा गरेको बताएका हुन् ।
उनले यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामनासमेत गरेका छन् ।
‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रीपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी मेरो शुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु! यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु,’ उनले लेखेका छन् ।















प्रतिक्रिया