६ कार्तिक २०८३, शुक्रबार

विवादास्पद धर्मगुरू ‘बागेश्वर बाबा’ लाई गोप्य भेटेकोबारे के भन्छन् गृहमन्त्री ? (भिडिओसहित)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वामी आनन्द अरुणको आग्रहपछि आफूले भारतीय धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’लाई भेटेको बताएका छन् ।

बागेश्वर बाबासँग गृहमन्त्रीले गोप्य भेट गरेको खबर सार्वजनिक भएपछि आइतबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै श्रेष्ठले आफूले धीरेन्द्रकृष्ण शास्त्रीको कहिल्यै नाम नसुनेको तर आनन्द अरुणले भनेपछि भेटेको बताएका हुन् ।

आफू व्यक्तिगत रूपमा जीवन र जगतलाई सृष्टि गर्ने कुनै एउटा व्यक्ति ईश्वरको नाममा रहेको र उसको विधिविधान धर्म हो भन्ने नमान्ने भएपनि अध्यात्ममा थुप्रै सकारात्मक पक्षहरू भएकाले योग र ध्यानमा विशेष रूची रहेको बताए ।

त्यस्तै उनले नेपाल भारतको अभिन्न अंग हो भन्ने अभिव्यक्तिबारे आफूलाई जानकारी नरहेपनि नेपाल एउटा सार्वभौम राष्ट्र भन्नेमा कुनै सन्देह नरहेको स्पष्ट पारे ।

श्रेष्ठले धीरेन्द्रकृष्ण शास्त्रीले सुरूमा झुक्किएर एउटा वाक्य बोलेको र त्यसपछि सच्चाएको भन्ने खबर पाएको उल्लेख गरे ।