६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्रीले बोलाएको राष्ट्रिय दलहरूको बैठकमा पनि जुटेन सहमति

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं, ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको राष्ट्रिय दलहरूको बैठक पनि निष्कर्षविहीन भएको छ ।

दलहरूबीच सहमति जुट्न नसक्दा बैठक निष्कर्षविहीन भएको हो । बैठक भोलि पुन: बस्ने सहमति भने भएको छ ।

एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै निरन्तर संसद अवरोध गरिरहेको छ ।

एमालेले साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको हो । यसअघि आजै सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफल पनि निष्कर्षविहीन भएको थियो ।