६ कार्तिक २०८३, शुक्रबार

ललिता निवास प्रकरणको अनुसन्धानमा रवि सशंकित, लेख्छन्- गृहमन्त्री ज्यू, केही त ठुलै गडबड छ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणका अनुसन्धानमाथि आशंका व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत रविले गम्भीर आशंका व्यक्त गरेका हुन् । उनले यो प्रकरणमा संलग्न भनिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान नै नगरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले फाइल बुझाउन लागेका आपत्ति जनाउँदै केही ठूलै गडबड रहेको बताएका हुन् ।

उनले सीआईबीलाई अपुरो फाइन पेश नगर्न पनि अनुरोध गरेका छन् ।

‘CIB ले गैरकानुनी आदेश नसुनोस्, नमानोस्। ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेश नगरोस्। गृहमन्त्री ज्यु, केही त गडबड छ। ठुलै गडबड छ,’ उनले लेखेका छन् ।