
काठमाडौं, ३ भदौ । काठमाडौंमा आइतबार बिहान बसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।
बिहान सात बजे बालाजुबाट कलंकी जाँदै गरेको ना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशा जाँदै गरेको बागमती प्रदेश ०२–०३७ प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक साँगाचोकगडी नगरपालिका घर हुने अन्दाजी ३२ वर्षीया अनिता थापा र नामथर वतन नखुलेको अन्दाजी ३२ वर्षका पुरुष रहेका छन् ।
दुर्घटनामा १० वर्षकी बालिका घाइते भएकी छिन् । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।















प्रतिक्रिया