६ कार्तिक २०८३, शुक्रबार

जुन दिनसम्म सरकारमा रहन्छौँ, सुशासनको अभियान रोकिँदैन: गृहमन्त्री श्रेष्ठ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, १ भदौ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासनको पक्षमा रहेको भन्दै जुन दिनसम्म सरकार रहन्छ सुशासनको अभियान नरोकिने स्पष्ट पारेका छन् ।

गोरखाको अजिरकोट गाउँपालिका-२ स्थित भच्चेकमा भच्चेक आधारभूत अस्पतालको आज उद्घाटन गर्दै श्रेष्ठले अप्ठेरोमा पार्न खोजे बरु सरकार छाड्ने तर सुशासनको अभियान कुनै हालतमा नरोक्ने बताएका हुन् ।

‘सरकारलाई, मन्त्रीलाई घेराबन्दीमा राख्छौँ भनेर कसैले नसोचे हुन्छ। हामी पदका लागि होइन, देश र जनताको सेवा गर्न आएका हौँ। जुन दिनसम्म सरकारमा रहन्छौँ, यो सुशासनको अभियान रोकिँदैन’, उनले भने।

ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरुको धम्कीबाट आफू नडराउने गृहमन्त्री श्रेष्ठले बताए ।