१ कार्तिक २०८३, शनिबार

पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमार्डौं, १ भदौ । पूर्व क्रिकेटर पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

मंगलबार भएको निर्वाचनमा खड्का निर्विरोध निर्वाचित भएका हुन् । अब उनी नेपाल क्रिकेट सङ्घको आसन्न प्रदेश र केन्द्रको निर्वाचनमा जुनसुकै पदमा लड्न पाउने भएका छन् ।

पारसले नेपाली क्रिकेटमा दशक लामो एकछत्र राज गरेका थिए । कप्तानका रूपमा पारसको छवि खेलाडी र क्रिकेटको हकहितमा आवाज उठाइरहने ‘विद्रोही’ सिपाही जस्तै मानिन्थ्यो।

अब उनी क्रिकेटको व्यवस्थापकीय जिम्मेवारीमै आउने प्रयासमा छन् । उनको यो प्रयासले क्रिकेट प्रेमीहरूमा नयाँ उर्जा सञ्चार भएको छ ।