६ कार्तिक २०८३, शुक्रबार

प्रदेश स्वास्थ्य मन्त्री नै पिसाबसम्बन्धी अप्रेसन गर्न भारतमा !

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ३२ साउन। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल भारतमा पिसाब सम्बन्धी सफल अप्रेसन गरेर केही दिन अघि स्वदेश फर्किएका छन्।

स्वास्थ्य मन्त्री खनाल पिसाब सम्बन्धि आफ्नो अप्रेशन गर्न भारतको मुम्बईस्थित अस्पताल पुगेका थिए । केही दिनअघि मात्रै उपचारपछि फर्किएका मन्त्री खनाल अहिले काठमाडौंमा स्वास्थ्य लाभ गरिरहेका उनी निकट एक जना नेताले बताए ।

प्रदेश सरकारको मन्त्री भएपछि उनी स्वास्थ्य उपचारका लागि भारत गएका उनले बताए । सामान्य उपचारका लागि प्रदेश मन्त्री नै मुम्बई गएपछि उनको तीब्र आलोचना भएको छ ।

दाङ क्षेत्र नम्बर २ (क) को प्रदेश सभाको चुनाबमा एमालेका बलिभद्र रानालाई हराउँदै खनालले ११ सय मतान्तरले चुनाव जितेका थिए ।