६ कार्तिक २०८३, शुक्रबार

नेविसंघ असन्तुष्ट पक्षद्वारा अनशन सुरू

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । नेपाली काँग्रेसको भ्रात संगठन नेपाल विद्यार्थी संघमा जम्बो केन्द्रिय समिति विस्तारको विरोधमा विधान सम्मत केन्द्रिय समिति विस्तार पक्षधर संघर्ष समितिले आजबाट नेपाली काङ्ग्रेस केन्द्रिय कार्यलयमा अनशन सुरू गरेको छ।

नेविसंघभित्र मौलाएको अधिनायकवाद र नेविसंघको विधान २०७५ को रक्षार्थ नाम दिएर नेविसंघ नेता गणेशमान शाह र रामजी बस्नेतले अनशन सुरू गरेका हुन् । मागहरू सम्बोधन नभएसम्म अनशन जारीरहने शाहले बताए।

नेविसंघमा अन्याय गरिएका देश भरका संगठनमा दु:ख गरेकाहरूलाई विधान सम्मत न्याय गर्नुपर्ने, विधान सम्मत र समावेसी समिति गठन गर्नुपर्ने, नेविसंघलाई विधान सम्मत पूर्णता दिनुपर्ने लगायतका माग उनीहरूले अघि सारेका छन् ।

अनशन बाट पनि मागहरूको सम्बोधन नभए इतर पक्ष तदर्थ समिति गठन गर्न तयारी अबस्थामा रहेको छ ।

गत साउन २२ गते नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले ७१० जनाको समिति गठन गरेपछि त्यसको विरोधमा अहिले नेविसंघमा इतर पक्षले आन्दोलन गरिरहेको छ।