६ कार्तिक २०८३, शुक्रबार

डा. मीरा र किरणले पनि अब नर्भिक अस्पतालबाट सेवा दिने

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा थप दुईजना अनुभवी विशेषज्ञ चिकित्सकहरूले ओपीडि सेवा थालेका छन् ।

वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा.डा. मीरा बिष्ट र मधुमेह विशेषज्ञ डा. किरण आचार्यले ओपीडि सेवा दिन थालेका हुन् । डा. बिष्ट नर्भिकमा अब हरेक साताको आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि १०:३० बजेसम्म ओपीडिमा रहनेछिन् ।

यस्तै, डा. आचार्य प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म हरेक दिन बिहान ८: ३० बजेदेखि १०: ३० बजेसम्म नर्भिक अस्पतालमा रहनेछन् ।

डा. बिष्ट प्रोफेसर पनि हुन् । उनीसँग आफ्नो क्षेत्रको निकै लामो अनुभव रहेको छ । यस्तै, डा. बिष्ट पछिल्लो समय
रुचाइएका मधुमेह विशेषज्ञ हुन् ।

दुवै चिकित्सक नर्भिक अस्पतालमा जोडिएसँगै नर्भिकको गुणस्तरीय स्वास्थ्य सेवामा थप टेवा पुगेको अस्पतालले बताएको छ ।