६ कार्तिक २०८३, शुक्रबार

शिक्षा ऐनको माग गर्दै संयुक्त विद्यार्थी संगठनको प्रदर्शन (भिडिओसहित)

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । शिक्षासम्बन्धी समस्यालाई समाधान गर्नेगरी शिक्षा सम्बन्धी ऐन आउनुपर्ने भन्दै संयुक्त विद्यार्थी संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्यसहितको समग्र शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै संयुक्त विद्यार्थी संगठनले बुधबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले शिक्षित जनशक्ति बेरोजगार बन्नुपर्ने र शिक्षाका नाममा प्रतिभा र पुँजी पलायनको समस्या शिक्षा ऐनद्वारा समाधान गर्नुपर्ने माग गरेका छन् ।

विद्यार्थी संगठनहरूले विश्वविद्यालयमा दलीय भागबण्डाको अन्त्य गर्नुपर्ने र विश्वविद्यालयको वैज्ञानिक शैक्षिक क्यालेण्डर बनाई अनिवार्य कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले शिक्षित जनशक्ति बेरोजगार हुनुपर्ने कहिले सम्म ?, शिक्षाको पूर्ण दायित्व राज्यले बहन गर, विश्वविद्यालयमा दलीय भागबण्डाको अन्त्य गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।