६ कार्तिक २०८३, शुक्रबार

लतिला निवास प्रकरणमा पक्राउ परेका दुई जना रिहा, अन्यलाई भने पाँचदिन म्याद थप

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परको दुईजना रिहा भएका छन् ।

रिहा हुनेमा मालमोत कार्यालय डिल्ली बजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे रहेका छन् ।

उनीहरूलाई स्वास्थ्यको कारण देखाउँदै रिहा गरिएको हो । मुद्दा बुझाउने दिन भने उनीहरूलाई पेश गरिने केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जानकारी दिएको छ ।

अन्यलाई भने काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरिएको छ ।