
काठमाडौं, ३१ साउन । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले मंगोलियामा हुने इस्ट एसियन युथ गेम्स २०२३ मा खेल सञ्चालन गर्ने भएका छन् ।
ओलम्पिक काउन्सिल अफ एसिया र मंगोलियाको खेलकुद मन्त्रालयको संयुक्त आयोजनामा हुने सो खेलकुद मेलामा तेक्वान्दोतर्फ निर्णायकका लागि दक्षिण एसियाबाटै एकमात्र रेफ्रीको रुपमा अशोक चयन भएका हुन् ।
अशोक हाल दक्षिण कोरियामा छन् । दुई हप्ताअघि विश्व र्याङकिङ जि २ प्रतियोगिता किम योङ कप तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न अशोक दक्षिण कोरियाको मुजु गएका थिए ।
उनी दक्षिण कोरियाबाट नै मंगोलियाको उलानबाटर प्रस्थान गर्ने छन् । प्रतियोगिता अगष्ट १६ देखि २२ तारिखसम्म हुनेछ ।















प्रतिक्रिया