६ कार्तिक २०८३, शुक्रबार

महरा र उनका छोरामाथि छानबिन गर्न निर्देशन दिइसकेको छु: प्रधानमन्त्री प्रचण्ड

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरामाथि छानबिन गर्न आफूले निर्देशन दिइसकेको बताएका छन् ।

मंगलबार अपरान्ह बालुवाटारमा सम्पादकहरूको टोलीसँग कुराकानी गर्दै प्रचण्डले सुन तस्करी प्रकरणमा नाम जोडिएका महरा बुबा छोरामाथि अनुसन्धान हुने बताएका हुन् ।

उनले महरालाई आफूमाथि लागेको आरोपबारे स्पष्ट पार्न निर्देशन दिएको पनि उनले बताए ।

‘मैले महराजीलाई पनि बोलाएर यो प्रकरणमा तपाईंको कुरा के हो क्लियर गर्नुस् भनेको छु । प्रहरीको नेतृत्वलाई निष्पक्ष छानबिन गर्नुस्। दोषी कोही नउम्किऊन्, निर्दोष नपरून् भनेको छु,’ प्रचण्डले भने ।