
काठमाडौं, ३० साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न ठिक्क परेको एयर इन्डियाको जहाजमा समस्या देखिएको छ ।
मंगलबार अपराह्न उड्नका लागि रनवेमा पुगेको जहाजको ब्रेकमा समस्या देखिएपछि उडान रोकिएको हो । जहाजमा समस्या देखिएपछि जहाजलाई रनवेबाट पार्किङमा लगेर राखिएको थियो ।
जहाज धावनमार्गमा अड्किँदा करिब ५७ मिनेट त्रिभुवन विमानस्थलमा उडान र अवतरण नै रोकिएको थियो ।
जहाजमा १७९ जना यात्रु थिए।















प्रतिक्रिया