६ कार्तिक २०८३, शुक्रबार

तस्करीको सुन गालेर सकियो, वास्तविक तौल बल्ल थाहा हुने

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडैं, ३० साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको तस्करीको सुन गाल्ने काम सम्पन्न भएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा आज सुन गालिएको हो । अब गालिएको सुनको तौल लिइनेछ जुन बरामद गरिएको सुनको वास्तविक तौल हुनेछ ।

यसअघि हिजो ‘ब्रेक शु’ बाट छुट्याइएपछि लिएको तौलमा ६० केजी ७८९ ग्राम तौल आएको थियो । ‘ब्रेक शु’ बाट सुनलाई छुट्याइए पनि ‘ब्रेक शु’ को कालो सुनमै रहेको थियो जसले गर्दा सुनलाई गालिएको हो ।

सुनबाट पूर्णरूपमा ‘ब्रेक शु’ अलग्गिएकाले अब भने बल्ल वास्तविक तौल थाहा हुनेछ ।