६ कार्तिक २०८३, शुक्रबार

ठमेलको एलओडी क्लबमा राजश्व विभागको छापा

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । काठमाडौंको ठमेलमा रहेको लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ।

जस्वले कर छलीको आशंकामा क्लबमा छापा मारेर महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ ।

विभागको टोली शुक्रबार राति ग्राहक बनेर क्लबमा प्रवेश गरी शनिबार बिहानै ५ बजे छापा मारेको बताइएको छ ।

विभागले क्लबमा प्रवेश गर्ने ग्राहकको संख्या भन्दा कम संख्या देखाएर कर तिर्ने गरेको, ग्राहकलाई बिल नदिने गरेको पाइएको बताइएको छ ।