
काठमाडौं, २९ साउन । भुटानी शरणार्थी प्रकरणमा थप १८ जना पीडितले प्रहरीमा उजुरी दिएका छन् ।
भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै आफूहरूसँग रकम उठाएको भन्दै थप १८ पीडितले उजुरी दिएका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पीडितले करिब १ करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगिएको उजुरी दिएका हुन् ।
यो प्रकरणमा बालकृष्ण खाण, टोपबहादुर रायमाझीलगायत पुर्पक्षका लागि थुनामा छन्।















प्रतिक्रिया