
काठमाडौं, २९ साउन । नेकपा एमालेको सचिवालय बैठक जारी छ ।
बैठक पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा बसिरहेको हो । बैठकमा पछिल्ला घटनाक्रमका विषयमा छलफल भइरहेको बताइएको छ ।
सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको छ । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।
आजको बैठक चल्न दिने वा नदिने भन्ने निर्णय पनि बैठकले गर्ने बताइएको छ ।















प्रतिक्रिया