
काठमाडौं, २८ साउन । नेकपा एमालेले सुन तस्करी प्रकरणमा सरकार विशेषगरी गृहमन्त्रालय जोडिएको बताएको छ ।
पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले तस्करीमा सरकार नै जोडिएकाले गृहमन्त्रालयबाट छानबिन हुन नसक्ने बताएको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पछिल्लो राजनीतिक र समसामयिक घटनाक्रमबारे प्रेस वक्तव्य वाचन गर्दै सुन तस्करीमा सरकारकै संलग्नता रहेको उल्लेख गरेका हुन् ।
‘सय केजी सुन तस्करी सत्ता संक्षित गम्भीर अपराध हो। उक्त तस्करीका लागि बाटो खोल्न विमानस्थलका सीसीटीभी फुटेज पनि तोडिएको छ । सुन तस्करीमा गृहमन्त्रालयको नेतृत्व जोडिएको छ। त्यसैले त्यही मन्त्रालयबाट छानबिन हुन सक्दैन भनेका हौँ,’एमालेले भनेको छ ।
तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र र निष्पक्ष न्यायिक समिति बन्नुपर्ने एमालेको माग छ ।















प्रतिक्रिया