६ कार्तिक २०८३, शुक्रबार

मन्त्रीबाट फिर्ता भएर अध्यक्षलाई सहयोग गर्न तयार छु: मन्त्री किराती

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले आफू मन्त्रीबाट हट्न तयार रहेको बताएका छन् ।

मन्त्रिपरिषद् हेरफेरको विषयमा प्रतिक्रिया दिँदै मन्त्री किरातीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहयोग गर्न तयार रहेको बताएका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डलाई बाध्यतात्मक परिस्थिति रहेको भन्दै किरातीले प्रचण्डलाई सहयोग गर्न तयार रहेको बताएका हुन् ।

‘अध्यक्षलाई पनि बाध्यता छ । उहाँलाई सहयोग गर्न तयार छु,’ उनले भने ।