
मकवानपुर, २८ साउन । क्रिकेट संघ मकवानपुरको अध्यक्षमा करन महतरा क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिबार हेटौंडामा सम्पन्न संघको आठौं वार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशनले महतराको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति निर्माण गरेको हो ।
संघको उपाध्यक्षमा इश्वरप्रसाद मैनाली, सचिवमा विनोदकुमार बानियाँ तथा कोषाध्यक्षमा धिरज श्रेष्ठ चयन भएका छन् । समितिको सदस्यहरुमा साजनकुमार शर्मा, मनिषा चौलागाईं, विनोध प्रधान, राजु गुप्ता, सन्जोग पोखरेल, नवराज सापकोटा, रवि थापा,अमित राई, अनुपप्रसाद सेनुरिया, प्रेमबहादुर क्षेत्री तथा कृष्णगोपाल श्रेठ चयन भएका छन् ।















प्रतिक्रिया