
काठमाडौं, २७ साउन । कामाडौँको कीर्तिपुर र चन्द्रागिरि नगरपालिकाको सीमा क्षेत्रस्थित बल्खु खोलाको बीच भागमा बाढी आएर अड्किएका दुई बालकको प्रहरीले उद्धार गरेको छ।
उद्धार गरिएकामा नुवाकोट घर भई काठमाडौँको कलङ्की बस्ने ११ वर्षीय सुमित आचार्य र बर्दिबास घर भई सोही ठाउँ बस्ने रिदम अधिकारी रहेका छन् ।
उनीहरू पौडी खेल्न गएका बेला एक्कासी बाढी आएपछि बिचमा अड्किएका थिए ।















प्रतिक्रिया