
काठमाडौं, २६ साउन । राष्ट्रपति रामचन्द्र पौडेल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।
राष्ट्रपतिसँग भेटवार्ताका लागि सभामुख र अध्यक्ष शीतल निवास पुगेका थिए ।
राष्ट्रपति, सभामुख र अध्यक्षबीच संसदमा जारी अवरोधबारे छलफल भएको बताइएको छ । एमालेले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउन माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको छ ।
भेटमा संसदको अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपतिको सहयोग आवश्यक रहेको बताएका थिए ।















प्रतिक्रिया